लुम्बिनी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय, कपिलबस्तु
कपिलबस्तु
परिचय

कपिलबस्तु जिल्ला प्रदेश नं ५ अन्र्तगत अवस्थित तराई जिल्ला मध्य एक हो । यस जिल्लाको पूर्वमा रुपन्देही जिल्ला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची  र दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । 

यस डिभिजन वन कार्यालयको स्थापना २०७५।०४।२७ गते भएको हो । वि.स. २०३७ साल देखि जिल्ला वन कार्यालय रहदै आएकोमा जिल्लालाइ दुइ भागमा विभाजन गरी दुइ वटा डिभिजन वन कार्यालयको स्थापना गरिएको छ । वुद्धभुमि नगरपालिका वडा न ३ मा रहेको गुडरुङ्ग खोला लाई सिमाना मानि खोलाको पश्चिम दाङ्ग जिल्लाको सिमाना सम्म डिभिजन वन कार्यालय गौतमवुद्ध र उक्त खोलाको पुर्व रुपन्देही जिल्लाको सिमाना सम्म यस डिभिजन वन कार्यालय कपिलवस्तुको रुपमा विभाजन गरिएको छ । यस डिभिजन वन कार्यालय अन्र्तगत  ६ वटा सवडिभिजन वन कार्यालयहरु रहेका छन् । 


उदेश्य

यस डिभिजन वन कार्यालयका प्रमुख उद्देश्य र कार्यक्रमहरु निम्नानुसार रहेका छन् –

  •          जिल्लाको समग्र वन क्षेत्रको संरक्षणविकास र सदुपयोग सम्वन्धी ऐननियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।

    ·         वन विकास सम्वन्धी जिल्लास्तरीय योजना तर्जुमा एवं कार्यान्वयन गर्ने ।

    ·         निजी वन र कृषि वन वाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालालाई आवश्यक प्राविधिक सुझाव सल्लाह दिने ।

    ·         सर्वसाधारणका लागि वन संपदा सम्वन्धमा जानकारी उपलव्ध गराउने ।

    ·         प्रचलित नीति एवं कानून वमोजिम जनसहभागिताद्धारा जिल्लाको वनको दिगो व्यवस्थापन गर्ने

    ·         जैविक विविधता एवं वातावरण संरक्षण गर्ने ।

    ·         वनको संरक्षणविकास र सदुपयोगद्धारा काष्ठ एवं गैरकाष्ठ वनपैदावारको आपूर्ति गरी स्थानीय तथा राष्ट्रिय आर्थिक विकासमा सहयोग गर्ने ।

    ·         जिल्लास्तरीय सरकारी र गैर सरकारी संघ संस्था तथा स्थानीय निकायसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।

    ·         वन संरक्षणविकास र सदुपयोग कार्यद्धारा रोजगारीका अवसर उपलव्ध गराउने ।



    डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु)को काम, कर्तव्य र अधिकार


राष्ट्रिय वन निति अनुरुप सामुदायिक वन तथा साझ्लेदारि  वनको रुपमा गाँउलेहरुलाई हस्तान्तरण गरी उनीहरुकै माध्यमबाट वनको उचित संरक्षणव्यव्थापन तथा सदुपयोण गरी वनप्रति जनताको अभिरुचि बढाउदै लगि जिविकोपार्जनमा सुधार ल्याई प॒र्यारणिय संतुलन कायम राखि वनको दिगो बैज्ञानिक व्यवस्थापन मार्फत दिगो ब्यबस्थापन  गर्ने मुख्य उद्धेश्य रहेको छ । डिभिजनमा हाल विभिन्न कार्यक्रमहरु जस्तै सामुदायिक वन विकास कार्यक्रम,राष्टिय वन विकास तथा व्यवस्थापन कार्यक्रमवन्यजन्त संरक्षण र वृक्ष सुधार वृक्षारोपण तथा निजी वन कार्यक्रम संचालनमा रहेका छन । साझेदारी  वन व्यवस्थापन नि्दैशिका२०६८वैजानिक वन व्यवस्थापन कार्यविधि २०७१ ले माझलेदाटी तथा सामुदायिक वनको वैजानिक व्यवस्थापनबाट वन पैदावाटको उत्पादकत्व बढाई आपूर्ति व्यवस्थालाई सहज गर्नेसाझेदारि  वन व्यवस्थापनबाट प्राप्त हुने लाभलाई सम्पूर्ण साझेदार  बीच संशोधित वन ऐन २०४९ (संशोधन सहित २०७३अनुमार बाँडफाँड गरी समाबैशीकणलाई प्रबर्धन गर्ने उद्देश्य लिई  तराईका चक्ला वनहरुलाई साझेदारी  वनको बैजानिक वन व्यवस्थापन गरिएको छ । विगत वर्षदेखि यम जिल्लामा नीजि वन विकास एवं प्रर्बधनको कार्यहरु भई नै राखेका छन्‌ । अझ नीजि वन विकास लगायतका तराईको सार्वजनिकखाली पर्ति र  नदी उकास जग्गाहरुमा  हरियाली प्रर्वधनको कार्य वन दशक अभियानले थालनी गरेको छ । बढ्दौ विकासको गतिविधले गर्दा गृह निमार्णपुल पुलेसादैवी प्रकोपमा परेका घरधुरिलाई सहुलियती काठ४ -कम्प पिडितलाई दिइने काठ तथा धार्मिक कार्य र दाह संस्कारको लागि उपलब्ध गराउने वन पैदावारहरूको माँग अत्यधिक रहेको छ ।हालको मौजुदा वनको अवस्थालाई सुधार गर्न एवं उत्पादनशिल बढाउन सरकारको नीति अनुसार (दिगो बैज्ञानिक  वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापनको कार्यहरुको विगत ९  वर्ष देखि शुरुवात भैसकेको छ । यसले दौश्रो पिढीको लाणिवन तयार गर्ने क्रम जारि  छ।