वि.सं: जेठ ७, २०८३
विभिन्न किसिमका श्रोतहरु मध्ये वन क्षेत्र एक महत्वपुर्ण नविकरणीय प्राकृतिक श्रोत हो । वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा सदुपयोग गरी वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने मुख्य जिम्मेवारी तथा भूमिका वन कार्यालयको हो । वि.सं. २०४० सालमा बिकेन्द्रिकरणको संरचना अनुसार मेल खाने गरि यस कपिलबस्तु जिल्लामा पनि जिल्ला वन कार्यालयको स्थापना गरि ३ वटा ईलाका वन कार्यालय र १५ वटा रेन्ज पोष्टको स्थापना गरि वनको संरक्षण व्यवस्थापन र विकास गर्दै आईरहेकोमा नेपालको संबिधान २०७२ जारि भएपश्चात संघियता कार्यान्वयन गर्ने क्रममा सामान्य प्रशासन मन्त्रालय प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहने निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिबेदन २०७५ अनुसार कपिलबस्तु जिल्लालाई २ वटा डिभिजन वन कार्यालय बनाई दुवै वटा डिभिजन अन्तर्गत ६/६ वटा सब डिभिजन वन कार्यालय रहने गरि नयाँ सँगठन संरचना निर्धारण गरि सोहि बमोजिम डिभिजन वन कार्यालय कपिलबस्तु (कपिलबस्तु) को स्थापना भएको हो । यस डिभिजनले ३ वटा नगरपालिका (बुद्धभूमी न.पा. वडा नंम्बर १,२,४,५,६,७ र १०; कपिलबस्तु र बाणगंगा) र ३ वटा गाउँपालिका (मायादेबी, यशोधरा, शुद्धोधन) भित्र पर्ने वन क्षेत्रको संरक्षण व्यवस्थापन र विकास गर्दै आएको छ ।
वरिष्ठ वन अधिकृत
सिनियर डिभिजनल वन अधिकृत